गरीब तथा जेहेन्दार स्कूले छोरीहरुलाई शैक्षिक सामाग्री वितरण

बिहीबार फाल्गुण २५, २०७९

देउराली फाउण्डेसन काठमाण्डौं । 

“भुगोल र भावनाको साँघु” भन्ने मूलमन्त्रका साथ स्थापित परदेशमा बस्ने नेपालीहरूको साझा तथा परोपकारी  संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएशन क्यालिफोर्निया, अमेरिकाले आफ्नो मातृभूमि सेवा यात्राको नवौं श्रृंखला सम्पन्न गरेको छ ।

फागुन २४ गते  काठमाडौं थापाथली स्थित पौरखी बस्तीमा आयोजित कार्यक्रममा  सामुदायिक विद्यालयमा अध्ययनरत पैतालिस जना गरीब तथा जेहेन्दार छोरीहरूलाइ कापी कलम लगायतका स्टेसनरी सामग्री वितरण गरिएको हो ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रम नेपालस्थित स्थानीय साझेदार संस्था देउराली फाउन्डेसन संगको सहकार्यमा गरिएको हो । देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न  समारोहमा पौरखी टोल समितिका अध्यक्ष, सचिव लगायत अभिभावक हरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

परदेशमा रहेर पनि आफ्नो मातृभूमिको निम्ति केही न केही सहयोग गर्नुपर्छ भन्ने महान सोचका धनी एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएशनका अध्यक्ष माधव मरासिनीको बिशेष पहलमा मातृभूमि सेवा यात्रा संचालन हुदै आइरहेको छ । खास गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको मातृभूमि सेवा यात्राको नवौं श्रृंखला सम्म आइ पुग्दा देश भरिबाट करिब ५००० गरिब तथा जेहेन्दार बिद्यार्थी हरुले सहयोग प्राप्त गरिसकेका छन् ।

यसै गरि एशोसिएशनले नेपालको शिक्षा, स्वास्थ्य र संचार क्षेत्रलाइ प्रबर्दन गर्न अन्तर्राष्ट्रिय स्तरको  शिक्षा सेवा पुरस्कार ,स्वास्थ्य सेवा पुरस्कार र संचार सेवा पुरस्कार पनि स्थापना गरेको छ । यसै अन्तर्गत यहि बैशाख ७ गते नेपालका १० ओटा संचार संस्था हरुलाई  १५० अमेरिकी डलर र ताम्रपत्र सहितको अन्तरास्ट्रिय संचार सेवा पुरस्कार समर्पण कार्यक्रम आयोजना गरिने  अध्यक्ष मरासिनीले जानकारी दिनु भयो । परदेश बाट घरदेशको सेवा गर्न पाउदा आफुलाई आत्मा सन्तुस्टी मिलेको मरासिनीको कथन छ।

Comments