बाढीमा ज्यान गुमाउनेहरूलाई देउराली फाउन्डेसनको सहयोग

भदौ २०, २०७८ आइतबार

देउराली फाउण्डेसन काठमाण्डौं । 

परासी, २० भदौ । पश्चिम नवलपरासीमा बाढीमा परि ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई पत्रकार महासंघकाे समन्वयमा नगद रकम हस्तान्तरण गरिएको छ । अमेरिकमा रहेका नेपालिहरूको संस्था देउराली फाउन्डेसनले रकम सकलन गरी नवलपरासीका बाडीमा परि ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई नगद रकम हस्तान्तरण गरेको हो ।

देउराली फाउन्डेसनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा  पश्चिम नवलपरासीको समन्वयमा बाडीमा परि ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई घरमै नगद रकम हस्तान्तरण गरिएको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए । यही भदौ ११ गते आएको बाढिले नवलपरासी पश्चिममा बाढीमा ३ जान ज्यान गुमाएको र बाढीले बगाउँदा एक जान बेपत्ता भएको परिवारलाई नगद रकम हस्तान्तरण गरिएको अध्यक्ष शर्माले बताए ।

अमेरिका रहेकी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकी सदस्य सर शर्माको पहलमा देउराली फाउन्डेसनले ४४ हजार रकम संकलन गरी पठाएको र नेपाल पत्रकार महासंघको समन्वयमा ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई प्रति परिवारलाई ११ हजार दरले नगद रकम हस्तान्तरण गरिएको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए ।

बाढीले रामग्राम नगरपालिकाको वडान १८ पम्पपुरका बाबु विनोद पासी र छोरा प्रदीप प्यासीलाई बाढीले बगाएको उनीहरूको परिवारलाई ११ र ११ हजार नगद, तरिया खोलामा आएको बाढीले बगाउँदा सुनवल नगरपालिकाको वडा नं. ४ का एलिसा तमाङको बुवालाई ११ हजार नगद र सुनवल नगरपालिकाको वडा नं. २ बतत्रोलि बभन थारूले झरहि खोलामा दाउरा निकाल्दा जाँदा खोलामा आएको बाढिले बगाउँदा बेपत्ता भएको उनको परिवारलाई ११ हजार नगद रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

जिल्लामा बाढिले बगाउँदा ३ जान ज्यान गुमाएका  छन् भने एक बेपत्ता भएका छन् । बेपत्ता भएको अझै शव फेला परेको छैन उनको खोजी कार्य भइरहेको छ ।

 

Comments