विभिन्न सरुवा रोग तथा क्यान्सर रोग विशेष निःशुल्क स्वास्थ्य शिविर

पाैष ०६ २०७९ 

देउराली फाउण्डेसन  काठमाडौँ ।

चितवन । माडीको बसन्तपुरमा सञ्चालित विभिन्न सरुवा रोग तथा क्यान्सर रोग विशेष निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । विभिन्न सरुवा रोग एवं क्यान्सर रोगबारे माडीबासीलाई चेतना र आवश्यक सेवा दिने उद्देश्यले माडी नगरपालिका, एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिका र देउराली फाउण्डेशनको आयोजना एवं अमेरिकास्थित मदरल्याण्ड नेपाल संस्थाको सह-आयोजनामा शिविर सञ्चालन भएका हो । शिविरमा काठमाडौंस्थित टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुन र नर्भिक इन्टरनेशनल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बिरामीहरुको स्वास्थ्य परीक्षण र परामर्श गर्नुभएको थियो । शिविरमा सहभागी बिरामीहरुले काठमाडौंमा पूर्वसमय लिएर मात्रै भेट्न पाइने ख्यातिप्राप्त सफल विशेषज्ञहरुबाट घरगाउँमै सेवा लिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

Comments