विष्णुमायाको उपचारका लागि देउराली फाउन्डेसनद्वारा आर्थिक सहयोग

भाद्र ७ ,२०७८

देउराली फाउण्डेसन  काठमाडौँ ।

मेचीनगर । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था देउराली फाउन्डेसनले नगद रू ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

फाउन्डेसनको तर्फबाट पत्रकार भिम घिमिरे र गोपाल बराइलिले उक्त आर्थिक सहयोग विष्णुमायको घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा पाठक, पत्रकार लगायत स्थानियहरूको उपस्थितिमा रकम हस्तान्तरण गरेका हुन् ,।

समाजसेवी खिम रोक्का र एनआरएन अमेरिकाका कोषाध्यक्ष राजिव श्रेष्ठको तर्फबाट फाउन्डेसन मार्फत आर्थिक सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष धिमालले पीडित विष्णुमायाको अवस्था जटिल बन्दै गएको र सबैले सहयोग गरेर उनको उपचार गर्नुपर्ने अवस्था आएकोे भन्दै सहयोगको अपिल समेत गरेका छन्,। साथै उनले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै वडाले पनि सकेको सहयोग गर्ने बताएका छन्,।

अनुहार लगायत शरीरका विभिन्न भागमा मासु पलाएर पिडामा रहेकी विष्णुमायाको बुवा आमा पनि नरहेको र हाल उनी काका काकीको घरमा आश्रय लिएर बसेकी छिन्,। आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा जान नसकेको अवस्थामा देउराली फाउन्डेसनले आर्थिक सहयोग गरेपछि पीडित विष्णुमाया भावुक हुँदै कमजोर आर्थिक अवस्थाकै कारण उपचार गर्न नसकेको र आफुले उपचार पाए सहज हुने बताइन् ।

आर्थिक स्रोत नभएका कारण विष्णुमायाले बर्सौँदेखि आफ्नो अनुहारभरी मासुको डल्लो झुन्ड्याएर हिँडिरहेकि छिन् भने पछिल्लो समय उक्त मासुको डल्लो बढ्दै गएपछि थप समस्या निम्तिएको उनका छिमेकी बताउँछन् ,।

मुख र नाक मासुका लुर्काले छोपिइसकेको छ भने आँखा हेर्न समस्या हुँदै गएको छ ।जसका कारण उनलाई खानपिन र हिँडडुलमा समेत कठिनाई भैरहेको छ । उनको अनुहारमा मात्रै नभएर अहिले शरीरका विभिन्न भागमा मासु पलाउँदै गएपछि उनलाई झनै समस्या भएको छ ।

कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन । सानैछँदा अनुहारमा गाठागुठी देखिएको र एकपटक अस्पतालमा पुगेको उनले बताइन् ।

यता, उज्यालो अभियान नेपाल झापाका अध्यक्ष तथा समाजसेवी हरि दियालीले मगरको उपचारका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले मगरको बचाउका लागि झापाबाट अभियानलाई साथ दिने पनि बताए ।

Comments