मृगौला पिडित जैशीलाई आर्थिक सहयोग

भाद्र ७ -२०७८

देउराली फाउण्डेसन काठमाडौं ।

देउराली फाउण्डेसनले  बाजुराका मृगौला पिडित १८ वर्षीय रामप्रसाद जैशीको उपचार लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका-२, ब्रह्मतोला स्थायी घर भएका जैशीलाई  देउराली फाउण्डेसनले आइतबार  ५० हजार रकम हस्तान्तरण गरेको गरेको थियो ।

पिडितको दुवै मृगौला फेल भएका छन् । दुवै मृगौलाको उपचारको लागि आथिक अवस्था कमजोर भएकोले पिडितले सहयोग मागेपछि आफूहरुले आर्थीक सहयोग गरेको हो ।

मृगौला प्रत्यारोपणका लागि १२ लाख रुपैयाँको आवश्यकता पर्ने भएकोले जैशीले समपुर्णमा सहयोगको लागीसमेत अनुरोध गरेका छन ।

एक बर्ष देखि भक्तपुरमा उपचाररत जैशीको भिनाजु पदमराज रेग्मीका अनुसार डक्टरले १२ लाख रुपैयाँ जम्मा गर्न सके मात्र मृगौला प्रत्यारोपण गर्न सक्ने सम्भव भएको भनेपछि आर्थिक सहयोगका लागि देश विदेशमा रहेका मनकारी मनहरुमा अनुरोध गरेका छन् ।

पिडित रामप्रसाद जैशीकी दिदी कृष्ना जैशीले भाईको उपचारमा सहयोगका लागि अनुरोध गरेकी छन् । विगत आठ वर्षदेखि मृगौला रोगबाट पीडित जैशी दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन् ।

Comments