चितवनका विपिन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण

फाल्गुण ९, २०७८

देउराली फाउण्डेसन काठमाडौं ।

माडी । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन र देउराली फाउण्डेसनको  आर्थिक सहयोगमा चितवनको माडी नगरपालिकाका अति विपन्न परिवारका ८० बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ  ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन र देउराली फाउण्डेसनको आर्थिक सहयोगमा उक्त शैक्षिक सामाग्री देउराली फाउण्डेसन काठमाडौँले आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।  वितरित सामग्रीमा झोला र एक बर्षलाई पुग्ने कापी कलम रहेको छ ।

राष्ट्रिय आधारभुत विद्यालय सिम्रहनीमा अध्यानरत ४२ बालबालिका र राष्ट्रिय आधारभुत विद्यालय सितलपुरमा अध्यानरत ३८ विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकालाई फाउण्डेसनका तर्फबाट माडी निवासी समाजिक अगुवा रामबाबु बि क र उद्योग बाणिज्य संघ चितवनका सदस्य एवं माडीका स्थापित व्यवसायी बल बहादुर परियारले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी समुदायमा पठन सस्कृतीको बिकाश होस भनि स्थापन भएको पारिजात सामुदायिक पुस्तकालयलाई किताब पनि हस्तान्तरण गरिएको छ ।

विशेषगरि बिपन्न बालबालिकाहरु शैक्षिक सामाग्री अभावमा पढन बन्चित हुनु नपरोस् भन्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गरिएको एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनका अध्यक्ष माधव मरासीनीले बताउनु भयो ।

Comments