जेहेन्दार विद्यार्थी हरुलाई शैक्षिक सामाग्री वितरण

चैत ९, २०७८

देउराली फाउण्डेसन काठमाडौं ।

माडी। एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन  र देउराली फाउण्डेसनले १०६ जना गरिब तथा जेहेन्दार विद्यार्थी हरुलाई १ बर्ष लाइ पुग्ने कापी कलम वितरण गरेको छ ।

चितवन जिल्लाको दुर्गम क्षेत्र माडीको पाण्डब नगरमा रहेको आधारभूत बिद्यालयमा अध्यनरत बोटे समुदायका बालबालिकालाई यी सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पुष्प ढकालले  देउराली फाउण्डेसन र एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले गरेको परोपकारी कामको प्रसंसा गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक तुल बहादुर नेपालीले कापी कलम नभएर शिक्षण सिकाइ प्रभाबकारी नभएको र बिद्यार्थी बिद्यालयनै आउन छाडेको बेलामा देउराली फाउण्डेसनले बिद्यालय लाइ नया जीवन दिएको बताउनु भयो । रिउ खोलाको किनारमा माछा मारेर जीवन यापन गरिरहेका अभिभावक हरुले आफ्नो बच्चाले बर्षभरी पुग्ने कापी कलम पाउदा निकै ठुलो राहत भएको बताउदै खुसि ब्यक्त गर्नु भयो ।

Comments