अपाङ्ग बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

फाल्गुण २४, २०७८

देउराली फाउण्डेसन काठमाडौं ।

अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देउराली फाउण्डेशनले अपाङ्ग बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

 एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनीले  पठाउनु भएको आर्थिक सहयोगबाट अपाङ्ग पुनर्स्थापना केन्द्र जोरपाटीमा आश्रित ३० जना अपाङ्ग बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

देउराली फाउण्डेशनका सचिब भिम घिमिरेले केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुलाई सामग्री हतान्तरण गर्नु भएको थियो । अध्यक्ष लिम्बुले अपाङ्ग पुनर्स्थापना केन्द्रमा आश्रित बिद्यार्थी हरुलाई शैक्षिक सामग्री उपलब्ध गराएकोमा एशोसिएसन  र फाउण्डेशनलाइ धन्यबाद ब्यक्त गर्नु भयो। उहाले आर्थिक अभाबले गर्दा बालबालिकाको पालन पोषण र शिक्षा दीक्षामा निकै अप्ठेरो परेकोले सबै लाइ सहयोगको लागि आव्हान समेत गर्नु भएको थियो।

Comments