देउराली फाउण्डेसन काठमाडौं ।
आज पृथ्वी दिवस । विश्वभरी विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । आजको दिन पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गरिन्छ ।
सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।
अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ ।