विश्व मौसम विज्ञान दिवस

देउराली फाउण्डेसन काठमाडौं ।

नेपाल लगायत संसारभरका देशहरुमा आज विभिन्न कार्यक्रमको आयोजना गरि विश्व मौसम विज्ञान दिवस मनाइँदैछ।

हरेक वर्षको मार्च २३ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघले यो वर्षको विश्व मौसम विज्ञान दिवसको नारा ” At the frontline of climate Action हो । राष्ट्रसंघले अहिले नै हाम्रा कृयाकलापहरूमा विशेष ध्यान दिएको खण्डमा भविष्यमा पानी ,मौसम र जलवायुलाई स्वच्छ ढंगले पुर्‍याउन सकिने बताएको छ।

विश्वब्यापी जलवायु परिवर्तनको मारमा परिरहेका बेला हामी सबैको प्रयासले नै त्यसलाई न्यूनीकरण गर्न सक्ने उसको ठम्याइ छ । बढ्दो शहरीकरण र तीब्र जनसंख्या बृद्धिका कारण वातावरण र मौसममा परेको प्रभाव र त्यसको रोकथामका लागि गर्न सकिने उपायका बारेमा जनचेतना जगाउन यो दिवस मनाउन थालिएको हो।

विश्व मौसम संगठन सम्बन्धि महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि प्रत्येक वर्षको मार्च २३ अर्थात् आजको दिन विश्वभर नै मौसम दिवस मनाउन थालिएको हो।

बढ्दो वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण विश्वभर नै मौसममा प्रतिकूल असर परेको छ । वातावरणलाई संरक्षण गर्दै स्वच्छ वातावरण निर्माणका लागि सचेतनामूलक कार्यक्रम  गर्ने लक्ष्य लिएको छ। वातावरणसँग सम्बन्धित लगायतका संघसस्थाले यो दिवस मनाउँदै छन्।

Comments