अन्तर्राष्ट्रिय खुसी दिवस

देउराली फाउण्डेसन काठमाडौं ।

मार्च २० तारिख संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय खुसी दिवस हो। हामी एक सरल, दैनिक अभ्यास अपनाएर सँगै खुसी र दयालु संसार बनाउन सक्छौँ भन्ने विश्वासका साथ खुसी दिवस मनाइने गरिएको पाइन्छ । यस दिवसले हामीलाई खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भनेर भनेर याद दिलाउँछ ।

सन् २०११ मा, संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसी लाई आधारभूत मानव लक्ष्य बनायो र खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिने आव्हान पनि गर्‍यो । दुई वर्ष पछि सन् २०१३ मा, संयुक्त राष्ट्रका सबै १९३ सदस्य राष्ट्रहरूले विश्वको पहिलो अन्तर्राष्ट्रिय खुसी दिवस मनाए, र यो निरन्तर हरेक वर्षको मार्च २० मा आयोजना हुँदै आइरहेको छ ।

मार्च २०२२ मा अन्तर्राष्ट्रिय खुसी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ। लगातार पाँचौँ वर्ष, फिनल्यान्ड विश्वको सबैभन्दा खुसीको रूपमा शीर्ष स्थानमा रहेको छ ।

खुसी रैंकिंग विश्व खुसी रिपोर्ट को एउटा पाटो हो। देशको स्कोर एक सर्वेक्षणमा आधारित हुन्छ जसमा सहभागीहरूले आफ्नो वर्तमान जीवनको गुणस्तरलाई शून्य देखि १० को स्केलमा मूल्याङ्कन गरेका थिए ।

खुसी हुन सिकौँ र खुसी बनाऔँ ।

Comments