विश्व मुख स्वास्थ्य दिवस

देउराली फाउण्डेसन काठमाडौं ।

मुख स्वास्थ्यलाई उमेरले फरक पार्दैन । हरेक उमेर समुहकाहरुले आफ्नो मुख स्वास्थ्यको कदर र ख्याल गर्नुपर्छ। मुस्कानको जीवनभरको लागि आफ्नो मुखमा गर्व गर्न विश्व मुख स्वास्थ्य दिवसमा विश्व समुदायसँग संलग्न हौँ ।
हरेक वर्ष २० मार्चमा, हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो ।

वर्ष २०२४ मा मुख स्वास्थ्य दिवसको नारा चाहिँ A Happy Mouth Is A Happy Body अर्थात् एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो भन्ने अर्थ लाग्दछ । आज विश्वभरि #MouthProud #WOHD24 ह्याशट्याग गरेर आफ्नो मुख र मुस्कान देखिने गरी भिडियो र सेल्फीहरु अपलोड च्यालेन्ज पनि गरिएको छ ।

विश्वको जनसङ्ख्याको ९० प्रतिशत मानिसहरू आफ्नो जीवनकालमा मौखिक रोगहरूबाट ग्रस्त हुने गरेको पाइन्छ । यी मध्य धेरै जसो मुख सम्बन्धी रोगहरूलाई रोक्न सकिने भए पनि उचित उपचार र जनचेतनाको अभावमा मुख स्वास्थ्यका समस्याहरू अझै विद्यमान छन् । एफडीआई अर्थात् वर्ल्ड डेन्टल फेडेरेसनद्वारा आयोजित, विश्व मुख स्वास्थ्य दिवसमा विश्वभरका राष्ट्रिय दन्त सङ्घहरूले १३० भन्दा बढी देशहरूमा अभियानहरू सञ्चालन गर्दछन् । यस दिवस सन् २०१३ वाट मनाउन थालिएको हो ।

Comments