आज विश्व सामाजिक कार्य दिवस

देउराली फाउण्डेसन काठमाडौं ।

आज विश्व सामाजिक कार्य दिवस हरेक वर्ष मार्च महिनाको तेस्रो मङ्गलवार विश्व सामाजिक कार्य दिवस मनाइन्छ । यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ। यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूको विश्वव्यापी सङ्गठन इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्कले समाजसेवाको पैरवी गर्दछन्। सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन्, आज ती सबै कुरालाई पूनरावोलोकन गरिन्छ ।

यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसर हो साथै सामाजिक कार्यकर्ताहरूले कमजोर परिवार र समुदायको जीवनमा खेल्ने महत्त्वपूर्ण भूमिकाको लागि चेतना र समर्थन जगाउने अवसर पनि हो। यो दिवसले पेसा र सामाजिक सेवा क्षेत्रलाई थप योजना, विकास र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गराउँछ।

सन् २०२४ को सामाजिक कार्य दिवसको संघारसम्म आइपुग्दा यस वर्षको सकारात्मक परिवर्तनलाई नेतृत्व गर्न र पारस्परिक सम्मान र दिगोपनमा फस्टाउने समुदायहरूलाई बढावा दिन सामाजिक कार्यकर्ताहरूले खेल्ने परिवर्तनकारी भूमिकाको समयमै संझाउने काम गरेको छ ।

यस अर्थमा नै हुनपर्छ यस वर्षको नारा नै “Shared future for transformative change” अर्थात् रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य भन्ने रहेको छ।

समानताको सिद्धान्तलाई अँगालौं र समुदाय र प्रकृति मिलेर मिलेर बस्ने भविष्यलाई पैरवी गरौं । यस दिवसको सबैलाई  शुभकामना ।

Comments