आज विश्व उपभोक्ता अधिकार दिवस

 

देउराली फाउण्डेसन काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

उपभोक्ता हित तथा अधिकारसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरी हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस विश्वभर मनाइन्छ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो।

सन् १९८५ मा उपभोक्ताका आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो। यसै आधारमा हरेक देशले आ–आफ्नो उपभोक्ता कानुन जारी गरेका छन्। नेपालमा उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ।

Comments