देउराली फाउण्डेसनका सल्लाहकार डा. अरुण शाही सम्मानित

काठमाडौँ,  । देउराली फाउण्डेसनका सल्लाहकार तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही सम्मानित हुनु भएको छ । अन्तराष्ट्रिय मानवअधिकार संगठन नेपालद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तपवहादुर मगरले सम्मान गरेका हुन् । क्यान्सर रोगबाट नेपालीहरुलाई  जोगाउन समाजिक संजाल, मिडिया र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरु मार्फत क्यान्सर सम्बन्धी तथ्यगत तथा प्रमाणिक सूचना प्रवाह गर्दै, क्यान्सर लागेका विरामीको उपचारमा दिन रात नभनि निरन्तर सक्रिय रही मानबीय सेवामा क्रियाशील रहेको भन्दै डा. शाहीलाइ सम्मानित गरिएको हो । सम्मान कार्यक्रममा आयोगका अध्यक्ष मगरले डा.शाहीको योगदानको प्रसंशा गर्दै  क्यान्सरबारे अझ जनचेतना जगाउनु पर्ने बताए ।यसै गरि  मानब अधिकार आयोगले आर्टिफिसियल इन्टिलिजेन्टको मानवअधिकारको दृष्टिबाट कसरी ग्रहण गर्ने भन्नेमा अध्ययन भइरहेको पनि अध्यक्ष मगरले बताए । उनले पछिल्लो समय चिकित्सकको काम पनि आर्टिफियल इन्टिलिजेन्टले (एआई) गरिदिने भएकोले चिकित्सा पेशा चुनौती पूर्ण बन्दै गएको बताए । अहिले बिदेशमा गैरकानुनि ढंगले जाने प्रबृत्ति बढे संगै समस्या आएको भन्दै त्यसरी गैरकानून रुपमा विदेश जानु हुँदैन भनेर सचेतना जगाउन आवश्यक रहेको बताए । संगठनका अध्यक्ष भिकेएस ठकुरीले डा.अरुण शाहीलाइ सम्मानित गर्न पाएकोमा खुसि ब्यक्त गर्दै आफ्नो संस्था सधै भरि मानव अधिकारको पक्षमा निर्भिक भएर अगाडी बढ्ने बताए। 

 

Comments