हार्दिक बधाई

हाम्रो संस्था देउराली फाउन्डेसनका सल्लाहकार  तथा पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले विशेष सम्मान गर्ने भएको छ । क्यान्सर रोगको उपचार र जनचेताको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी फेब्रअरी २३ मा राजधानीमा आयोजना गरिने विशेष समारोहमा डा. शाहीलाई सम्मान गर्न लागिएको हो । पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सह – प्राध्यापक समेत रहनुभएका डा.शाही युरोपको सबैभन्दा ठुलो क्यान्सर विशेषज्ञको संस्था युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (इएसएमओ) को सर्टिफाइड अंकोलोजिष्ट हुनुहुन्छ । यसै गरी उहाँ इनोभेटिभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च नामक संस्थाको अध्यक्ष समेत हुनुहुन्छ । क्यान्सर मानव स्वास्थ्यका लागि चुनौति बनिरहेको वर्तमान परिप्रेक्षमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचनामुलक जानकारी प्रवाह गर्ने कार्यमा डा. शाही सक्रिय हुनुहुन्छ । डा. शाहीका ३ वटा मेडिकल पुस्तक समेत प्रकाशन भएका छन् । उहाँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन (नेपाल, बंगलादेश, भारत, सिंगापुर, जापान, अष्ट्रेलिया ,जर्मनी अमेरिका) मा क्यान्सर सम्बन्धी १०० भन्दा बढी बैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
स्मरण रहोस : उहाँलाई नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ बाट सम्मान गरिसकेको छ । हाम्रो तर्फ बाट डा. शाही लाइ हार्दिक बधाई !!!!!

Comments