‘आम सञ्चार र दलित’ विषयक अन्तरसम्बाद आज हुँदै

काठमाडौं । विश्व सामाजिक मञ्च– २०२४ को आजको कार्यक्रम अन्तर्गत देउराली फाउण्डेसन  लगाएतका सञ्चार  संस्थाहरुको आयोजनामा अन्तरसम्बाद कार्यक्रम हुने भएको छ ।
‘जातिय छुवाछुतविरुद्ध सञ्चार सक्रियता’ भन्ने मूल नाराका साथ ‘आम सञ्चार र दलित’ विषयक अन्तरसम्बाद कार्यक्रमको आयोजना गरिएको हो । जागरण मिडिया सेन्टर मुख्य आयोजक रहेको यस अन्तरसम्बाद कार्यक्रममा देउराली फाउण्डेशनसहित सञ्चार संस्थाहरु सह–आयोजकको रुपमा रहेका छन् ।
उक्त अन्तरसम्बाद कार्यक्रम काठमाडौंको भृकुटीमण्डपस्थित रत्न राज्य क्याम्पसमा आज दिउँसो ४ बजे सुरु हुनेछ । अन्तरसम्बाद कार्यक्रममा सरोकारवाला सबैलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
‘अर्को विश्व सम्भव छ’ भन्ने मुल नाराका साथ यही फागुन ३ गतेदेखि काठमाडौंमा सुरु भएको विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन आगामी फागुन ७ गतेसम्म चल्नेछ ।
विश्व सामाजिक मञ्चको उक्त सम्मेलनलाई  देउराली फाउण्डेशन लगायत विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

Comments