एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निकालेका ललित

 

एमबीबीएसको पूर्ण छात्रवृत्तिमा नाम निकालेका ललितलाई देउराली फाउण्डेसनले मासिक १५ हजार दिने

माघ १०, २०८०
काठमाडौं । घरमै बसेर चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका कञ्चनपुरका ललित सार्कीले आर्थिक सहयोग प्राप्त गरेका छन् ।
ललितले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सके पनि काठमाडौंमा बस्नको लागि मासिक १० हजार रुपैयाँ जुटाउन नसकेको भन्दै केही दिन अघि विभिन्न नेपाली सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको थियो ।
समाचार सार्वजनिक भएसँगै नेपालमा विगत लामो समयदेखि विपन्न, गरिब र जेहेन्दार विद्यार्थीहरुको सहरा बन्दै आएको देउराली फाउण्डेसनले ललितलाई पनि आर्थिक सहयोग गर्ने भएको हो । देउराली फाउण्डेसनले ललितलाई मासिक १५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
मंगलबार देउराली फाउण्डेसनका संस्थापक माधव मरासिनी र ललित सार्कीबीच  सम्झौता भएको छ । सम्झौता अनुसार ललितको होस्टेल, खाना र स्टेसनरी खर्च वापत मासिक १५ हजार रुपैयाँ देउराली फाउण्डेसनले उपलब्ध गराउने भनिएको छ ।
ललितको अध्ययन, व्यवहार र परीक्षामा प्राप्त नतिजाका आधारमा यो सम्झौता वर्षै पिच्छे थपिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । देउराली फाउण्डेसनले यो छात्रवृत्ति सहयोगले ललितको उज्वल भविष्य निर्माण सँगै नेपालका दुर्गम ग्रामीण भेगमा गएर सेवा गर्ने उत्पे्ररणा मिल्ने विश्वास लिएको छ ।

 

 

Comments