हुवास बहुमुखी क्याम्पसलाई ‘अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार– २०२३’

पर्वत , ९ पुस । पर्वत  पैयूँ स्थित हुवास बहुमुखी क्याम्पसले ‘अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार– २०२३’ प्राप्त गरेको छ ।

परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले सोमबार पर्वतको हुवासमा एक समारोहको आयोजना गरी हुवास बहुमुखी क्याम्पसले ‘अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार– २०२३’ प्रदान गरेको हो ।
यस अघि अमेरिकाको क्यालिफोर्नियामा बसेको संस्थाको बैठकले यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार हुवास बहुमुखी क्याम्पसलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्रापत्र रहेको छ । हुवास बहुमुखी क्याम्पसले त्यस क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको  ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार’ं सोही क्याम्पसलाई प्रदान गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष माधव मरासिनीले जानकारी दिनुभयो ।
पर्वतमा पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले गरेको हो । पुरस्कार वितरण समारोहमा एनआरएन प्रतिनिधिको रुपमा देउराली फाउन्डेशनका अध्यक्ष भीम घिमिरे र बुद्धि विश्वकर्मा,गाउँपालिका अध्यक्ष तोरन मल्ल ठकुरी, लगायतको उपस्थिति रहेको थियो ।
एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले हरेक वर्ष नेपालमा शिक्षा क्षेत्रमा योगदान गर्नुहुने व्यक्तित्व वा संस्थाहरुलाई ‘अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार’ प्रदान गर्दै आइरहेको छ ।

Comments