स्व.महेन्द्र प्रताप सेनलाई पैयूँ–रत्न सम्मान

पर्वत , ९ पुस ।  पर्वतको पैयूँ गाउँपालीका– ४ हुवासस्थित स्व. महेन्द्र प्रताप सेनलाई पैयूँ–रत्न सम्मान गरिएको छ ।

परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिफोर्निया, अमेरिकाले स्व.महेन्द्र प्रताप सेनलाई पैयूँ–रत्न सम्मान गरेको हो ।

पैयूँ क्षेत्रमा जन्मिएर आफ्नो जन्मभूमिको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलीक विकासमा जीवन पर्यत्न योगदान गरी आधुनीक पैयूँ निर्माणमा योगदान गर्नुभएका

सेनको सामाजिक कार्यको स्मरण र उच्च सम्मान गर्दै एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन र स्थानीय साझेदार देउराली फाउण्डेसनको तर्फबाट पैयूँ–रत्न सम्मान सर्मपण गरिएको हो ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको लोगो सहित नेपाल अमेरिकाको झण्डा अंकित सम्मान पत्रमा संस्थाका अध्यक्ष माधव मरासिनी र देउराली फाउण्डेसनका अध्यक्ष भिम घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

Comments