डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार -२०२३

पर्वत , ९ पुस । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष

प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट

डा. अरुण शाहीले प्राप्त गरेका छन् ।

पर्वतको पैंयु गाउँ पालिकास्थित हुवासमा आज आयोजित विशेष समारोहमा गत वर्षका बिजेता

डा. शेरबहादुर पुनले डा. शाहीलाई‘अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार -२०२३’ प्रदान गरेका छन् ।

सो पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्र पत्र रहेको छ । एनआरएनए नन  रेसिडेन्ट नेपाली एशोसिएसनले

डा शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सबाट जोगाउन सामाजिक सञ्जाल,

ञ्चारमाध्यम, राष्ट्रिय अन्तराष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारीहरु

प्रवाह गर्नेकार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा दिनरात नभनी खटिने उनको

कार्यलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरेको जनाएको छ ।

पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार

संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको हो । फाउण्डेशनका अध्यक्ष भीम घिमिरे

बुद्धि विश्वकर्मा लगायतका प्रतिनिधिहरुले पुरस्कार वितरणका लागि सहजीकरण गरेका थिए ।

पुरस्कार वितरण समारोहमा एनआरएन प्रतिनिधिको रुपमा देउराली फाउन्डेशनका अध्यक्ष भीम घिमिरे र बुद्धि विश्वकर्मा,

यस्तै गाउँपालिका अध्यक्ष तोरन मल्ल ठकुरी, लगायतको उपस्थिथि थियो ।

पुरस्कृत भएपछि डा शाहीले खुशी व्यक्त गर्दै एसोसिएसशनलाई आभार व्यक्त गरे ।

उनले पुरस्कारले क्यान्सर रोग, पहिचान, उपचार ररोकथामका क्षेत्रमा अझ सक्रियताका साथ क्रियाशिल

हुनका लागि दायित्व थपिएको महसुस भएको बताए ।

एसोसिएशनका अध्यक्ष माधव मरासिनीले देशका लागि योगदान गरेका विभिन्न क्षेत्रका

व्यक्तित्वहरुलाई सम्मान र थप उप्रेरणाका लागि पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको बताए ।

Comments